काठमाडौँ,०३ मंसिर । त्रिभुवन विश्वविद्यालयको जग्गा मिच्ने घटनाबारे सरकारले गठन गरेको अनुसन्धान खोजबिन समितिको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार)लाई बुझाइएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले अख्तियारले आवश्यक अनुसन्धान अगाडि बढाओस् भनी प्रतिवेदन बुझाइएको जानकारी दिनुभयो। मन्त्री पुनका अनुसार, “जग्गा छानबिन गरी त्रिभुवन विश्वविद्यालयको नाममा ल्याउनुपर्ने कुराहरू प्रतिवेदनमा उल्लेख छन्। कानुनी दृष्टिले चुनौतीपूर्ण विषयलाई अख्तियारमा पठाइएको हो। अख्तियारले अगाडि बढाउनुपर्छ,” उहाँले बताउनुभयो।
मन्त्री पुनले अन्तर्वार्तामा स्पष्ट पार्दै भन्नुभयो कि, “मन्त्रालयले प्रतिवेदन तयार गरी अख्तियारमा बुझाएको हो। यो रिपोर्टको आधारमा अख्तियारले आवश्यक कारबाही अघि बढाउनेछ।”
मन्त्री पुनसँग गरिएको विस्तृत अन्तर्वार्ता केहीबेरमा मन्त्रीको दुई महिनाभरि गरेका काम र शिक्षा सुधारका योजनाहरूबारे प्रकाशित गरिने जनाइएको छ।



