सुन र डलरको भाउ बढ्दा राष्ट्र बैंकलाई ९१ अर्ब नाफा

spot_img

काठमाडौँ,०४ मंसिर । सुन र डलरको भाउ बढ्दा नेपाल राष्ट्र बैंकले एक वर्षका ९१ अर्ब रुपैयाँ पुँजीगत लाभ गरेको छ । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन अनुसार राष्ट्र बैंकले सो बराबरको नाफा कमाएको हो ।

उक्त लाभमध्ये राष्ट्र बैंकले सुनको मूल्य बढेबापत मात्रै ४६ अर्ब ८८ करोड रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, विदेशी विनिमय डलरमा भएको वृद्धिका कारण बैंकले ४५ अर्ब २ करोड कमाएको छ ।

बैंकसँग गत असार मसान्तमा २४ अर्ब १४ करोड अमेरिकी डलर तथा पेपर गोल्ड र सञ्चित सुन समेत गरी ९ हजार २३४।१९ किलोग्राम सुन छ । त्यस्तै, राष्ट्र बैंकसँग १ लाख २० हजार ३७.९० किलोग्राम चाँदीको स्टक रहेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय