सुनको मूल्य २ लाख ५० हजार नाघ्यो

spot_img

काठमाडौँ,१२ मंसिर ।  देशभर सुनको मूल्य लगातार बढ्दै गइरहेका बीच शुक्रबार प्रतितोला मूल्य इतिहासकै उच्च स्तर २ लाख ५० हजार रूपैयाँ नाघेको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज मात्र सुन प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको हो।

महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ मा कारोबार भएको सुनको मूल्य शुक्रबार बढेर २ लाख ५० हजार ६ सय रुपैयाँ पुगेको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। बिहीबार प्रतितोला ३ हजार २८० रुपैयाँ मा कारोबार भएको चाँदी आज ६५ रुपैयाँ ले बढेर ३ हजार ३४५ रुपैयाँ मा पुगेको महासंघले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय