Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

मोदीको निमन्त्रणामा पुटिन भारत आउने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौ,१२ मंसिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आगामी डिसेम्बर ४–५ मा भारतको दुईदिने औपचारिक भ्रमणमा आउने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुने यस भ्रमणबारे जानकारी भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको हो।

विज्ञप्तिअनुसार राष्ट्रपति पुटिनले नयाँ दिल्लीमा आयोजना हुने २३औँ भारत–रुस वार्षिक शिखर सम्मेलनमा सहभागिता जनाउनेछन्। भ्रमणका क्रममा प्रधानमन्त्री मोदीसँग द्विपक्षीय बैठक हुने तथा भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग समेत शिष्टाचार भेट तय भएको उल्लेख गरिएको छ।

भारतीय विदेश मन्त्रालयका अनुसार यो उच्चस्तरीय भेटवार्ताले भारत–रुस सम्बन्धको समग्र समीक्षा गर्ने र दुवै देशबीचको दीर्घकालीन रणनीतिक साझेदारीलाई थप मजबुत बनाउने अवसर प्रदान गर्नेछ। यसका साथै, दुवै राष्ट्रका नेताहरूले क्षेत्रीय तथा विश्वव्यापी मुद्दामाथि पनि विस्तृत छलफल गर्ने अपेक्षा गरिएको छ।

पुटिन सन् २०२१ को डिसेम्बरपछि पहिलोपटक भारत आउने तयारीमा छन्। २०२२ मा रुस–युक्रेन युद्ध सुरु भएपछि उनले भारतको भ्रमण गरेका थिएनन्। त्यस्तै, सन् २०२३ सेप्टेम्बरमा नयाँ दिल्लीमा सम्पन्न जी–२० शिखर सम्मेलनमा पनि उनी सहभागी भएका थिएनन्।

ताजा समाचार

थप समाचार