Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025
Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

सिमानामा सशस्त्र प्रहरीको कडा...

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले पर्सा जिल्लाको सीमा क्षेत्र ठोरी...

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
15.4 C
Birgunj
spot_img

नेपाल राष्ट्र बैंकले ४० अर्ब रूपैयाँ बजारबाट संकलन गर्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१४ मंसिर । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अत्याधिक तरलता बढेको भन्दै त्यसलाई व्यवस्थापन गर्न आज थप ४० अर्ब रूपैयाँ बजारबाट उठाउने भएको छ ।

केन्द्रीय बैंकले ३५ दिनको अवधिका लागि निक्षेप संकलन उपकरण मार्फत यो रकम उठाउन लागेको हो, जसको बोलकबोल आज दिउँसो ३ बजे तोकिएको छ । बोल गर्न सकिने रकम कम्तीमा १० करोड रूपैयाँ र बढीमा पाँच करोड रूपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म तोकिएको छ । निक्षेपको सावाँ तथा ब्याज भुक्तानी आगामी पुस १० गते हुनेछ ।

यस उपकरणको ब्याजदरसमेत बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ र बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकबाट इजाजत प्राप्त क’ ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र यस निक्षेप संकलन उपकरणको बोलकबोलमा सहभागी हुन पाउनेछन् ।

ताजा समाचार

थप समाचार