अमेरिकी सर्वोच्च अदालतमा जन्मसिद्ध नागरिकताको संवैधानिक अधिकारमाथि बहस हुने

spot_img

काठमाडाैं,२० मंसिर । अमेरिकी सर्वोच्च अदालतले संयुक्त राज्य अमेरिकामा जन्मिएका केही बालबालिकालाई जन्मसिद्ध नागरिकताको संवैधानिक अधिकार छ वा छैन भन्ने विषयमा सुनुवाइ गर्न सहमत भएको छ। सुनुवाइको मिति अझै तय भएको छैन र फैसला आउन महिनौँ लाग्ने अपेक्षा गरिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालको सुरुमा गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका आमाबाबुको सन्तानलाई जन्मसिद्ध नागरिकता दिन रोक्ने आदेश जारी गरेका थिए। तर, तल्लो अदालतहरूले उक्त कदमलाई रोकेका थिए।

सर्वोच्च अदालतको निर्णयले ट्रम्पको अध्यागमनसम्बन्धी कठोर नीतिका साथै अमेरिकी नागरिकताको परिभाषामा ठूलो प्रभाव पार्न सक्ने छ। अमेरिकी संविधानको १४औँ संशोधनले करिब १६० वर्षदेखि देशमा जन्मिएका सबै व्यक्तिलाई अमेरिकी नागरिक हुने अधिकार दिएको छ। यसमा कूटनीतिज्ञ र विदेशी सैनिक बलका बालबालिकालाई अपवाद मानिएको छ। संशोधनको भाषामा भनिएको छ:

“संयुक्त राज्य अमेरिकामा जन्मिएका वा प्राकृतिकरण भएका र यसको क्षेत्राधिकार अन्तर्गत रहेका सबै व्यक्ति संयुक्त राज्य अमेरिकाका नागरिक हुन्।”

ट्रम्प प्रशासनको कार्यकारी आदेशले गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका वा अस्थायी भिसामा रहेका व्यक्तिहरूका सन्तानलाई नागरिकता नदिने उद्देश्य राखेको थियो। प्रशासनले यसलाई राष्ट्रिय सुरक्षा र सार्वजनिक सुरक्षासँग जोडेर देशको अध्यागमन प्रणाली सुधारको हिस्सा भनेको थियो।

प्रशासनको तर्क अनुसार, १४औँ संशोधनको वाक्यांश “यसको क्षेत्राधिकार अन्तर्गत” को अर्थ स्थायी वा वैध रूपमा नभएका मानिसहरूको सन्तानलाई नागरिकताबाट बहिष्कार गर्न मिल्ने हो।

यस मुद्दामा वादीहरूको प्रतिनिधित्व गर्दै अमेरिकन सिभिल लिबर्टीज युनियनकी राष्ट्रिय कानुनी निर्देशक सेसिलिया वाङले बीबीसीसँगको अन्तर्वार्तामा कुनै राष्ट्रपतिले १४औँ संशोधनको नागरिकताको मौलिक अधिकार परिवर्तन गर्न नसक्ने बताएकी छन्। उनले भनिन्,

“१५० वर्षभन्दा बढी समयदेखि अमेरिकी भूमिमा जन्मिएका प्रत्येक व्यक्तिलाई जन्मदेखि नै नागरिक मानिने परम्परा रहँदै आएको छ।”अमेरिका करिब ३० देशमध्ये एक हो जसले आफ्नै सीमाभित्र जन्मिएका व्यक्तिलाई स्वतः नागरिकता प्रदान गर्दछ।

spot_img

ताजा अपडेट

लोकप्रिय