काठमाडौं : आइतबार सप्ताहको पहिलो सेसनमा नेप्से परिसूचक सामान्य अंकले तल झरेको छ। प्रि–ओपन ट्रेडिङ अवधिमा नेप्से १.४८ अंकले घट्दै २६२९.६९ विन्दुमा अडिएको छ।
यस अवधिमा कुल ४८ वटा स्क्रिप्सको ९० हजार ३५६ कित्ता सेयर कारोबार भयो। कारोबार रकम ५ करोड २६ लाख २० हजार ७०२ रुपैयाँ पुगेको छ।
बजार खुल्ने अघि भएको प्रि–ओपन सेसनमा १९ वटा स्टक्सको मूल्य बढेको थियो भने २५ वटाको घट्यो। त्यस्तै ३ स्क्रिप्सको मूल्य स्थिर रहेको देखियो।

