थप ५ देशका नागरिकलाई प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय

spot_img

काठमाडौ,०२ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेशसम्बन्धी नीति थप कडा बनाउँदै पाँच नयाँ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लागू गर्नुभएको छ। अलजजिराका अनुसार यो निर्णयसँगै बुर्किना फासो, माली, नाइजर, दक्षिण सुडान र सिरियाका नागरिकहरू अमेरिका यात्राबाट वञ्चित भएका छन्।

अमेरिकी प्रशासनले राष्ट्रिय सुरक्षालाई कारण देखाउँदै आप्रवासन तथा यात्रासम्बन्धी नियमहरू थप कडाइ गरेको जनाएको छ। थ्यांक्सगिभिङ सप्ताहन्तमा नेशनल गार्डका दुई सैनिकमाथि भएको गोलीकाण्डपछि एक अफगान नागरिक पक्राउ परेपछि सुरक्षा चासो झनै बढेको बताइएको छ।

यसैक्रममा, प्यालेस्टिनी प्राधिकरणद्वारा जारी गरिएका यात्रा कागजात बोकेका व्यक्तिहरूमाथि पनि पूर्ण रूपमा अमेरिका प्रवेशमा रोक लगाइएको छ।

यसअघि जुन महिनामा ट्रम्प प्रशासनले १२ देशका नागरिकलाई अमेरिका भ्रमणमा पूर्ण प्रतिबन्ध लगाउने र थप सात देशका नागरिकमाथि आंशिक यात्रा प्रतिबन्ध लागू गर्ने घोषणा गरिसकेको थियो। नयाँ निर्णयले अमेरिका प्रवेशसम्बन्धी नीति अझ कडा बन्दै गएको संकेत गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय