रक्सौल सीमाबाट भारतीय सेनाका भगौडा जवान पक्राउ, आतंकी–नर्को मोड्युलसँग सम्बन्धको आरोप

spot_img

रक्सौल । रक्सौल सीमाबाट सुरक्षा निकायले ठूलो सफलता हासिल गरेका छन्। पञ्जाब प्रहरीको स्टेट स्पेशल अपरेसन सेल (SSOC) ले मोतिहारी प्रहरीको सहयोगमा भारतीय सेनाका भगौडा जवान राजवीर सिंह उर्फ ‘फौजी’लाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेका सिंह नेपाल हुँदै युरोपतर्फ फरार हुने योजनामा थिए। पञ्जाब प्रहरीले उनी नर्को–आतंकी (लागूऔषध तस्करी र आतंकवादसँग जोडिएको) मोड्युलका सक्रिय तथा महत्वपूर्ण सदस्य रहेको र पाकिस्तानका लागि जासुसी गतिविधिमा समेत संलग्न रहेको दाबी गरेको छ।

त्यसैगरी, राजवीर सिंह सिरसास्थित महिला थानामा भएको ग्रेनेड आक्रमणको मुख्य योजनाकारमध्ये एक रहेको आरोप पनि पञ्जाब प्रहरीले लगाएको छ। सुरक्षा संवेदनशील घटनामा संलग्न व्यक्तिको पक्राउलाई देशको सुरक्षा तथा लागूऔषधविरुद्धको अभियानमा महत्वपूर्ण सफलता मानिएको छ।

पक्राउपछि उनलाई थप अनुसन्धानका लागि सम्बन्धित निकायको जिम्मा लगाइएको छ। यस घटनाले सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता अझ कडा बनाउनुपर्ने आवश्यकता उजागर गरेको सुरक्षा अधिकारीहरूको भनाइ छ।

spot_img

ताजा अपडेट

लोकप्रिय