पाँच महिनामा पौने ९ अर्ब रुपैयाँको विद्युतीय सवारी आयात

spot_img

काठमाडौँ,१० पुस । चालु आर्थिक वर्ष ९२०८२र८३० को पाँच महिनामा ८ अर्ब ९५ करोड ५१ लाख रुपैयाँको विद्युतीय सवारी आयात भएको छ।

ती सवारी आयातबाट ५ अर्ब ५६ करोड ३३ लाख ९७ हजार रुपैयाँ राजस्व उठेको भन्सार विभागको तथ्यांकले देखाउँछ। नेपालमा ३ सय किलोवाट क्षमतासम्मका विद्युतीय सवारी आयात हुने गरेको छ। त्यसमध्ये चालु आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा बढी ५१ किलोवाटदेखि १०० किलोवाटसम्मको सवारी आयात भएको छ। विभागका अनुसार ५१–१०० किलोवाट क्षमताका २ हजार १६४ युनिट सवारी आयात भएको छ, जसको मूल्य ५ अर्ब ६० करोड ८६ लाख ४७ हजार रुपैयाँ बराबर रहेको छ।

सबैभन्दा कम २०१–३०० किलोवाट क्षमताका ५ वटा सवारी आयात भएका छन्। कुल मूल्य ३ करोड ५१ लाख ३३ हजार रुपैयाँ रहेको विभागले जनाएको छ। ५० किलोवाटसम्मका सवारी १ हजार २१५ युनिट आयात भएका छन्। यसको मूल्य २ अर्ब ७ करोड ३२ लाख ५७ हजार रुपैयाँ रहेको छ। नेपालमा चीन, भारत, थाइल्यान्ड, बेलायत, जर्मनी, कोरिया र अमेरिकाबाट विद्युतीय सवारी आयात भएको विभागको तथ्यांकले देखाउँछ।

जुनसुकै क्षमताका सवारी सबैभन्दा बढी चीनबाट आयात हुने गरेको छ। ५० किलोवाटसम्मका कुल १ हजार २१५ युनिट सवारीमध्ये चीनबाट ७०२ वटा र भारतबाट ५१३ वटा आयात भएको छ। यस्तै १०१–२०० किलोवाट क्षमताका सवारी चीनबाट ३८२, भारतबाट १४, बेलायतबाट १०, जर्मनीबाट ६ र कोरियाबाट २ युनिट आयात भएको छ। ५१–१०० किलोवाट क्षमताका सवारी चीनबाट १ हजार ५३९, थाइल्यान्डबाट ३३१, भारतबाट २९३ र बेलायतबाट १ युनिट आयात भएको छ।

२०१–३०० किलोवाट क्षमताका सवारी चीनबाट ४ र अमेरिकाबाट १ युनिट आयात भएको विभागले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय