सुनचाँदी फेरि महँगियो

spot_img

काठमाडौँ,११ पुस । स्थानीय बजारमा पछिल्ला केही दिनदेखि निरन्तर उकालो लागेको सुनचाँदीको मूल्य आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज दुवै बहुमूल्य धातुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य प्रतितोला ४ हजार ५८५ रुपैयाँ कायम भएको छ।

यसअघि गत बुधबार छापावाल सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँ र चाँदी ४ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो। बिहीबार भने दुवै धातुको मूल्यमा सामान्य गिरावट आएर सुन २ लाख ६७ हजार ५०० रुपैयाँ र चाँदी ४ हजार ४०० रुपैयाँमा झरेको थियो।

विश्लेषकहरूका अनुसार अमेरिकी डलरको मूल्य वृद्धि हुँदै जाँदा त्यसको प्रत्यक्ष असर सुनचाँदीको भाउमा देखिएको हो। अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन करिब ४ हजार ५०० अमेरिकी डलर र चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय