काठमाडौं । स्थानीय बजारमा साताको पहिलो कारोबार दिन (आइतबार) सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा प्रतितोला १ हजार ३ सय रुपैयाँले बढ्दै सुन तोलाकै २ लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।
यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ६९ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, प्रतितोला २ सय ७० रुपैयाँले बढ्दै चाँदीको मूल्य प्रतितोला ४ हजार ८३५ रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।
यसअघि शुक्रबार चाँदी ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । मेटल डेलीका अनुसार आज सुन प्रतिऔंश ४ हजार ५३० डलर छ भने चाँदी ७९ डलर छ ।

