काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज उच्च अङ्कमा सुधार देखाउँदै ४७.५५ अङ्कले बढेर २,६३३.४२ विन्दुमा पुगेको छ। आज बजारमा ३२८ कम्पनीका १ करोड ३४ लाख ६७ हजार १४५ कित्ता शेयर ८९ हजार २५१ पटक खरिदबिक्री हुँदा कुल कारोबार ५ अर्ब ५३ करोड १३ लाख ७० हजार रुपैयाँ पुगेको नेप्सेले जनाएको छ।
सबै समूहको उपसूचक बढेको देखिएको छ। विशेषगरी विकास बैंक, लघुवित्त र अन्य समूहको उपसूचकमा दुई प्रतिशतभन्दा माथिको वृद्धि भएको छ।
आज शेयर मूल्यमा मिड सोलु हाइड्रोपावर लिमिटेड सबैभन्दा बढी ९.४९ प्रतिशतले वृद्धि भएको छ। तर, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमको आधारमा सबैभन्दा धेरै किनबेच भएको कम्पनी युनियन हाइड्रोपावर लिमिटेड हो, जहाँ ५ लाख ५४ हजार ९२१ कित्ता शेयर किनबेच भएको छ र कुल कारोबार २७ करोड ६० लाख ३५ हजार १९३ रुपैयाँ पुगेको छ।
आजको बजार सुधारले लगानीकर्तामा उत्साह बढाएको छ र आगामी दिनमा सेयर बजारमा सतत सुधारको अपेक्षा गरिएको छ।

