सुन–चाँदीको मूल्यमा तीव्र गिरावट, सुन तोलामा करिब ८ हजार रुपैयाँले घट्यो

spot_img

काठमाडौँ,१५ पुस । नेपाली सुनचाँदी बजारमा आज उल्लेखनीय गिरावट देखिएको छ। एकैदिन सुनको मूल्य तोलामा ७ हजार ९ सय रुपैयाँले घट्दै नयाँ दर कायम भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार १ सय रुपैयाँ तोकिएको छ।

यसअघि आइतबार सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि तीव्र गिरावट आएको छ। सोमबार चाँदी प्रतितोला ३०५ रुपैयाँले घट्दै ४ हजार ५ सय ९० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

आइतबार चाँदीको कारोबार मूल्य ४ हजार ८ सय ९५ रुपैयाँ रहेको थियो। अन्तर्राष्ट्रिय बजारको उतार–चढावको प्रभावले आन्तरिक बजारमा सुन–चाँदीको मूल्यमा यस्तो गिरावट आएको व्यवसायीहरू बताउँछन्।

spot_img

ताजा अपडेट

लोकप्रिय