काठमाडौं,२५ पुस । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार सुनको भाउ बढेको हो।
महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यता चाँदीको मूल्य घटेर प्रतितोला ४ हजार ७८० रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य ४ हजार ८३५ रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण सुनचाँदीको मूल्यमा उतार–चढाव देखिएको व्यवसायीहरूले बताएका छन्।

