Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

गौतम समाज कल्याण संस्थाद्वारा पर्सामा २० थान डबल बेड सहयोग

spot_img

वीरगन्ज,०७ माघ । गौतम समाज कल्याण संस्था र गौतम सेकेन्ड्री स्कूल, श्रीपुर, वीरगन्ज–१३ को पहलमा सामाजिक उत्तरदायित्व अन्तर्गत २० थान डबल बेड स्थानीय संस्थाहरूमा हस्तान्तरण गरिएको छ। संस्थाका अध्यक्ष गनेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ललित कर्ण, सचिव रमेश शर्मा, सदस्य सिपेन्द्र गुप्ता लगायतका पदाधिकारीहरू उपस्थित थिए।

हस्तान्तरण कार्यक्रमअन्तर्गत यतीमखाना दारूल यतामा छपकैया–२, वीरगन्ज महानगरपालिकामा १५ थान डबल बेड प्रदान गरिएको छ भने बिर्ता स्थित त्रीजुद्द स्कुलमा आवासीय रूपमा सञ्चालित दृष्टिविहीन बालबालिकाहरूको लागि ५ थान डबल बेड हस्तान्तरण गरिएको छ।

कार्यक्रममा बोल्दै सचिव रमेश शर्माले सामाजिक सेवाको भावनाले प्रेरित भई संस्था र विद्यालयले सहयोग कार्यलाई निरन्तरता दिँदै आएको बताए। “समाजका असहाय, अनाथ तथा विशेष आवश्यकता भएका बालबालिकाहरूको जीवन सहज बनाउने उद्देश्यले यो सहयोग गरिएको हो। आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा यस्ता कार्यक्रमलाई अझ विस्तार गर्दै लैजाने हाम्रो योजना छ,” उनले भने।

सहयोग प्राप्त संस्थाका प्रतिनिधिहरूले गौतम समाज कल्याण संस्था र गौतम सेकेन्ड्री स्कूलप्रति आभार व्यक्त गर्दै यस्तो पहलले आश्रित बालबालिकाहरूको दैनिकीमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय