spot_img

कम्युनिस्ट एकताको नयाँ आधार खोज्नुपर्ने अवस्था आएको छ : प्रचण्ड

spot_img
spot_img

काठमाडौँ,२७ वैशाख । । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै जनतामा बलियो रहेको भन्दै नयाँ ढंगले एकताको आधार खोज्नुपर्ने अवस्था आएको बताएका छन्।

२६ औँ निर्मल लामा स्मृति सभालाई सम्बोधन गर्दै प्रचण्डले पुराना उपलब्धि दोहोर्याएर मात्र वर्तमान चुनौती समाधान नहुने उल्लेख गरे। उनले श्रमजीवी वर्ग र कम्युनिस्ट शक्तिहरूबीचको एकता पुनः सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याए।

उनका अनुसार विगतमा कम्युनिस्ट एकता प्रयासहरू भए पनि अपेक्षित रूपमा टिकाउ र प्रभावकारी बन्न सकेनन्। त्यसैले अहिले फेरि एकताको आधार खोज्न बाध्य भएको अवस्था सिर्जना भएको उनले बताए।

प्रचण्डले भने, “कम्युनिस्ट आन्दोलनको एकता आवश्यक छैन भन्ने होइन, अहिले झन् विशेष रूपमा एकताको आवश्यकता बढेको छ।”

उनले कम्युनिस्ट आन्दोलनले विगतमा जनयुद्ध, जनआन्दोलन र विभिन्न राजनीतिक संघर्षमार्फत महत्वपूर्ण उपलब्धि हासिल गरेको स्मरण गर्दै अहिले बदलिँदो परिस्थितिमा आत्मसमीक्षा आवश्यक रहेको बताए।

साथै, देशमा बाह्य शक्तिको प्रभाव र राजनीतिक अस्थिरता बढिरहेको भन्दै उनले श्रमजीवी वर्गको हितमा आन्दोलनलाई नयाँ दिशामा अघि बढाउनुपर्नेमा जोड दिए।

उनका अनुसार अब विचार, संगठन र राजनीतिक दृष्टिकोण सबैमा पुनः संरचना गरेर मात्र कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाउन सकिनेछ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय