काठमाडौं,२७ वैशाख । गएको फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ सहभागी तीन दलले चुनावी खर्च विवरण नबुझाएको पाइएको छ ।
स्वाभिमान पार्टी र एकल चुनाव चिह्न लिएका सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टीले चुनावी खर्च विवरण नबुझाएका निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय परिवर्तन पार्टीले ढिलो गरी विवरण बुझाएको छ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले परिवर्तनबाट समानुपातिक उमेदवार उठाएको थियो । परिवर्तनले चुनावमा ५० हजार रुपैयाँ खर्च भएको विवरण यही वैशाख १४ गते बुझाएको आयोगले जनाएको छ ।
विभिन्न ६ दलले खर्च विवरण बुझाए पनि सार्वजनिक गरेका छैनन् । समानुपातिकतर्फ १६ सिट पाएको नेकपा ९एमाले० पनि खर्च विवरण सार्वजनिक नगर्ने सूचीमा छ । एमालेले ७५ लाख ५५ हजार ५६१ रुपैयाँ खर्च भएको विवरण भने आयोगमा बुझाएको छ ।
खर्च विवरण सार्वजनिक नगर्ने अरू दलमा प्रजातान्त्रिक पार्टी नेपाल, राष्ट्रिय परिवर्तन पार्टी, जनमत पार्टी, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), नेपाल कम्युनिस्ट पार्टी (माओवादी) छन् ।
दलहरूलाई निर्वाचनका निम्ति छुट्टै खाता खोल्नुपर्ने व्यवस्था गरिएको थियो ।
चुनावी परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र खर्च विवरण आयोगमा पेस गर्नुपर्ने व्यवस्था छ । निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ को दफा ३१ को उपदफा ९२० बमोजिम खर्चको विवरण सम्बन्धित सरोकारवालाको जानकारीका निम्ति आयोगले तोकेबमोजिम सार्वजनिक गर्नुपर्ने पनि कानुनी व्यवस्था छ । खर्च विवरण पेस नगर्ने दललाई कारबाही समेत गरिँदै आएको छ ।
आयोगको कानुन तथा राजनीतिक दल महाशाखका प्रमुख यज्ञप्रसाद भट्टराईले विवरण नबुझाउने दललाई स्पष्टीकरण सोधिएको बताए । “प्रायः दलहरूले खर्च विवरण बुझाएका छन् । नबुझाएका दलहरूलाई स्पष्टीकरण सोधेका छौँ,” भट्टराईले बताए ।
समयमा विवरण सार्वजनिक नगर्ने दलरउमेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवाना तोक्न सक्ने कानुनी व्यवस्था छ ।




