spot_img

अवरुद्ध त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा

spot_img
spot_img

काठमाडौं,२८ वैशाख । टर्किस एयरलाइन्सको विमानमा आगलागी भएपछि केही समय अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ।

सोमबार बिहान इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा पांग्रामा आगलागी भएको थियो। आगलागीपछि विमानस्थलको उडान तथा अवतरण सेवा केही समय प्रभावित बनेको थियो।

दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि जहाजलाई ट्याक्सी वेबाट हटाएर पार्किङ क्षेत्रमा लगिएको थियो। त्यसपछि विमानस्थलको नियमित सेवा पुनः सञ्चालन गरिएको विमानस्थल स्रोतले जनाएको छ।

विमानमा सवार सबै यात्रु सुरक्षित रहेको जानकारी पनि दिइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय