चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु

spot_img

काठमाडौँ,१० वैशाख । गत चैत महिनामा देशभर भएका विभिन्न विपद्का घटनामा परी ३० जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी विपत्तिमा १६ पुरुष, १० महिला र ४ बालबालिकाले ज्यान गुमाएका हुन्। विपद्का घटनामा २२२ जना घाइते भएका छन् भने १४३ जना विस्थापित भएका छन्। घटनाबाट १९१ घर, ११७ गोठ र ३ सरकारी कार्यालयमा क्षति पुगेको छ। साथै ५२९ चौपाया मरेका छन्।

अविनारायण काफ्लेका अनुसार विपद् व्यवस्थापन तथा उद्धार कार्यमा ४,८४१ प्रहरी परिचालन गरिएको थियो। विपद्बाट करिब ३३ करोड ७२ लाख ६१ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी २७२ घटना कोशी प्रदेशमा भएका छन्।

त्यसपछि मधेसमा १३६, लुम्बिनीमा १२९, गण्डकीमा ९५, सुदूरपश्चिममा ९३, बागमतीमा ८५, कर्णालीमा ५७ र काठमाडौँ उपत्यकामा ३९ वटा विपद्का घटना भएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय