राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान नसार्ने सरकारको निर्णय

spot_img

काठमाडौँ,१० वैशाख । सरकारले काठमाडौँको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई अन्यत्र नसार्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठान हाल रहेको ११४ रोपनी ३ आना जग्गामै सञ्चालन भइरहने निर्णय गरेको हो।

यसअघि २०७५ भदौ १ गतेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिष्ठान अन्यत्र सार्ने निर्णय गरेको थियो। सो निर्णयअनुसार उक्त जग्गा राष्ट्रपति कार्यालयको नाममा हस्तान्तरण गर्ने तयारी गरिएको थियो।

तर पछिल्लो निर्णयसँगै प्रतिष्ठान हालकै स्थानमा यथावत् रहने भएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय