बीरगन्जमा पार्किङ गरिएको मोटरसाइकल चोरी

spot_img

बीरगन्ज,०९ वैशाख । बीरगन्जमा सडक किनारमा पार्किङ गरी राखिएको मोटरसाइकल चोरी भएको छ।

जिल्ला विकास समिति अगाडि पार्किङ गरिएको बा ६७ प ३०७१ नम्बरको होन्डा युनिकोर्न मोटरसाइकल अज्ञात व्यक्तिले चोरी गरेको प्रहरीले जनाएको छ।

घटना सार्वजनिक भएपछि मोटरसाइकलका धनीले जिल्ला प्रहरी कार्यालय पर्सामा चोरीसम्बन्धी उजुरी दर्ता गराएका छन्।

प्रहरीका अनुसार घटनाबारे जानकारी प्राप्त भएपछि मोटरसाइकल खोजी तथा चोरीमा संलग्न व्यक्तिको पहिचान गर्ने कार्य सुरु गरिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय