धोका दिनका लागि होइन, नदिनका लागि मन्त्री पद छाडेँ : महावीर पुन

spot_img

काठमाडाैं,१० माघ । पूर्व शिक्षा मन्त्री महावीर पुनले आफू अरुलाई धोका दिनका लागि होइन, धोका नदिनका लागि सरकारबाट राजीनामा दिएको बताएका छन्।

आज म्याग्दीको चौतारोमा आयोजित पत्रकार सम्मेलनमा पुनले भने, “कसैले मलाई ‘धोकेबाज’, ‘भगौडा’, मन्त्री पदलाई धोका दिएको’ भन्दै आरोप लगाएका छन्। मैले पद छोडेको कारण धोका दिन होइन, त्यहाँ बसेर काम गर्न नसक्नु हो।”

पुनले मन्त्री पदबाट सुटुक्क राजीनामा दिएर प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराएका थिए। उनका आलोचकहरूले सामाजिक सञ्जालमा उनमाथि चुनावी सरकारलाई धोका दिएर पदको लोभ गरेको आरोप लगाएका थिए।

साथै पुनले एक व्यक्तिले फेसबुकमा लेखेको टिप्पणीको विषयमा पनि बोले। उनले भने, “कसैले लेखे– ‘महावीरको महा पनि हट्यो, वीर पनि हट्यो’। त्यो व्यक्ति बुझोस्, म नेपाल मात्र होइन, विश्वमा पनि गन्न सकिने विद्वान मान्छे मानिन्छु।” पुनको भनाइअनुसार, आफ्नो सादगीपूर्ण व्यक्तित्व र निष्ठा जनतालाई न्यायोचित सेवा गर्ने उद्देश्यले मन्त्री पद छाड्न बाध्य भएका हुन्।

spot_img

ताजा अपडेट

लोकप्रिय