spot_img

रेशम चौधरीको उम्मेदवारी खारेजविरुद्धको रिट सर्वोच्चमा

spot_img
spot_img

काठमाडौँ,११ माघ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजविरुद्धको रिट सर्वोच्च अदालतमा पेश भएको छ।

चौधरीले कैलाली क्षेत्र नं. १ बाट दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनी अदालत पुगेका हुन्।

उनको रिट न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ। चौधरीले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली–१ बाट मनोनयन पत्र दर्ता गरेका थिए। निर्वाचन आयोगले बिहीबार उनकाे उम्मेदवारी खारेज गरेको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय