spot_img

मधेस प्रदेशको राजनीतिक बदलिँदो, युवा उम्मेदवारको सहभागिता बढ्दै

spot_img
spot_img

बीरगन्ज,१५ माघ । मधेस प्रदेशको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको सूचीले देशभर उठेको नयाँ पुस्ता (‘जेनजी’) को राजनीतिक चेतनालाई आंशिक रूपमा प्रतिबिम्बित गरेको छ।

गत भदौमा भएको नवयुवाको आन्दोलनपछि युवा प्रत्यक्ष राजनीतिमा बढी संलग्न हुन थालेका छन्। मधेस प्रदेशमा पनि उनीहरूको उपस्थिति महसुस गरिएको छ। जेनजी अभियानकर्मीहरूका अनुसार सूचीमा केही युवा नाम देखिनु सकारात्मक भए पनि अझै पनि पहुँच र प्रभाव भएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको देखिन्छ।

मधेस प्रदेशबाट प्रतिनिधिसभा निर्वाचनका लागि ५८ जना जेनजी उम्मेदवार खडा भएका छन्। यसमध्ये दुई महिला र ५६ पुरुष छन्। ४१ जना स्वतन्त्र तथा १७ जना विभिन्न दलबाट उम्मेदवार बनेका छन्। उज्यालो नेपाल पार्टी र जनमत पार्टीले प्रत्येक तीन–तीन जना, श्रम संस्कृति पार्टीले दुई जना, अन्य दलहरूले एक–एक जना युवा उम्मेदवार खडा गरेका छन्।

उल्लेखनीय उम्मेदवारहरूमा सिरहा ३ बाट २६ वर्षीय श्रवण पासवान, महोत्तरी १ बाट २८ वर्षीय मनोजकुमार गुप्ता, रौतहट २ बाट २५ वर्षीय रामाकान्तप्रसाद पटेल, तथा राष्ट्रिय स्वतन्त्र पार्टीका २८ वर्षीय बब्लु गुप्ता छन्।

समाजशास्त्री नीलबहादुर लुम्रेका अनुसार यी युवाको साझा विशेषता पुराना राजनीतिक शैलीप्रति असन्तुष्टि र नयाँ सोचसहितको हस्तक्षेप हो। उनीहरू सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य र स्थानीय विकासमा केन्द्रित भएर मतदातासँग प्रत्यक्ष भेटघाट, सामाजिक सञ्जाल र सामुदायिक छलफलमार्फत सम्पर्कमा रहेका छन्।

राजनीतिक विश्लेषक शङ्कर महतोका अनुसार जेनजी उम्मेदवारहरूको उपस्थिति जित–हारभन्दा बढी दीर्घकालीन राजनीतिक संस्कार परिवर्तनको सङ्केत हो। उनले भने, “यी युवाले जिते वा नजिते पनि आगामी निर्वाचनमा अझ बढी युवालाई प्रेरित गर्नेछन्।”

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय