spot_img

पर्सामा एमाले जितका लागि प्रेस चौतारी परिचालन कमिटी गठन

spot_img
spot_img

वीरगन्ज,१७ माघ । आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवारलाई जिताउन प्रेस चौतारी नेपाल पर्सा ले निर्वाचन परिचालन कमिटी गठन गरेको छ।

वीरगन्जमा आयोजित बैठकले चारै क्षेत्रका उम्मेदवारलाई जिताउन जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरेको र संगठनका सदस्यहरूलाई सक्रिय भूमिका खेल्न निर्देशन दिएको प्रेस चौतारी नेपाल पर्साले जनाएको छ।

निर्वाचन परिचालन कमिटीमा पर्सा–१ का लागि उपाध्यक्ष राजेन्द्र सिंह नेपाली र सह–सचिव मन्सुर खान, पर्सा–२ मा सह–सचिव पन्नालाल साह र वीरेन्द्र साह, पर्सा–३ मा सचिव कृष्णा कुशवाहा, धर्मेन्द्र चौरसिया र शैलेश गुप्ता, तथा पर्सा–४ मा सदस्य राजन बानियाँ र विकास पटेल परिचालित हुने गरी जिम्मेवारी तोकिएको छ।

बैठकको अध्यक्षता प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्र ले गर्नु भएको थियो। बैठकले संगठनका सदस्यहरूले एमाले उम्मेदवारहरूको पक्षमा सक्रिय रहँदै निर्वाचन अभियानमा प्रभावकारी योगदान दिनुपर्नेमा जोड दिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय