काठमाडौं,१९ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयका तीन कर्मचारी घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हुलाक भन्सार शाखा, पार्सल शाखा र कार्यालय सहयोगीलाई गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट आइतबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा हुलाक भन्सार शाखा भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र हुलाक भन्सार पार्सल शाखा कर्मचारी छवि प्रसाद रिजाल छन्। पुडासैनीसँग १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद भएको छ भने रिजालसँग २ लाख ६८ हजार २८८ रुपैयाँ बरामद भएको छ।
अख्तियारको अनुसन्धानमा उनीहरुले विदेश पठाइने सामानको कुरियर मार्फत घुस लिने गरेको पाइएको थियो। यस क्रममा २३ थान मोबाइल फोन पनि बरामद गरिएको छ।

