spot_img

वीरगन्ज–१२ मुर्लीमा खानेपानीका धारामा तोडफोड, दुई युवक पक्राउ

spot_img
spot_img

वीरगन्ज,२१ माघ । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली क्षेत्रमा रातिको समयमा दर्जनौँ वटा खानेपानीका धारामा तोडफोड गरिएको घटना सार्वजनिक भएको छ। घटनापछि स्थानीय बासिन्दामा आक्रोश फैलिएको छ भने खानेपानी आपूर्तिमा समस्या उत्पन्न भएको छ।

घटनापछि प्रहरीले सिसिटिभी फुटेजको आधारमा अनुसन्धान अघि बढाउँदै मुर्ली नयाँ टोलका दुई जना युवकलाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई तोडफोडमा संलग्न रहेको आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

स्थानीयवासीका अनुसार समुदायमा झगडा र तनाव सिर्जना गर्ने उद्देश्यले धाराहरू तोडफोड गरिएको हुन सक्ने आशंका गरिएको छ। धारामा गरिएको क्षतिका कारण स्थानीय बासिन्दाले दैनिक खानेपानीको अभाव भोग्नुपरेको जनाइएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताउँदै अन्य व्यक्तिहरूको संलग्नता भए–नभएको विषयमा पनि छानबिन गरिरहेको जनाएको छ। घटनामा संलग्न देखिए थप व्यक्ति पक्राउ गरी कानुनी कारबाही गरिने प्रहरीले स्पष्ट पारेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय