spot_img

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा

spot_img
spot_img

काठमाडौँ,२१ माघ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतको ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ। उक्त रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा आज पेसी तोकिएको थियो।

यसअघि माघ ११ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले निर्वाचन आयोगसँग लिखित जवाफ माग्दै अन्तरिम आदेशको विषयमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको थियो। त्यसपछि माघ १५ गते न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले कर्तव्य ज्यान मुद्दासँग सम्बन्धित फैसलाको फाइल पूर्वआदेशअनुसार पेस गर्न निर्देशन दिएको थियो।

पूर्व आदेशअनुसार आवश्यक प्रक्रिया पूरा गरी मिसिल प्राप्त भएपछि आज अन्तरिम आदेशका लागि सुनुवाइ हुने अपेक्षा गरिएको थियो। तर, उक्त रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि सुनुवाइ हुन सकेन। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका थिए। तर निर्वाचन आयोगले उनको मनोनयन पत्र खारेज गरेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय