spot_img

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिट छैटौँ पटक पेसीमा

spot_img
spot_img

काठमाडौँ,२२ माघ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेज गरिएको निर्णयविरुद्ध दायर गरेको रिट निवेदन सर्वोच्च अदालतमा छैटौँ पटक सुनुवाइका लागि पेसीमा परेको छ। उक्त रिट सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइका लागि पहिलो नम्बरमा राखिएको हो।

यसअघि माघ ११ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले निर्वाचन आयोगसँग लिखित जवाफ माग्दै अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको थियो। त्यसपछि माघ १५ गते न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले चौधरीसँग सम्बन्धित कर्तव्य ज्यान मुद्दाको फैसलासम्बन्धी फाइल पूर्वआदेशअनुसार पेस गर्न निर्देशन दिएको थियो।

उक्त प्रक्रिया पूरा भई मिसिल प्राप्त भएपछि अन्तरिम आदेशका विषयमा सुनुवाइका लागि आजको पेसी तोकिएको हो।

उल्लेखनीय छ, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गरेका चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो, जसविरुद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

spot_img

ताजा अपडेट

लोकप्रिय