चुनावी कार्यक्रमका लागि ओली आज झापा जाँदै

spot_img

काठमाडौं,२३ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन्। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा–५ मा उम्मेदवार रहेका ओली चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी हुन झापा जान लागेका हुन्।

निकट स्रोतका अनुसार ओली मध्यान्हतिर हवाई मार्गबाट झापा प्रस्थान गर्ने कार्यक्रम रहेको छ। झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि चुनावी प्रतिस्पर्धामा उत्रिएपछि उक्त क्षेत्रमा चुनावी माहोल थप रोचक र प्रतिस्पर्धात्मक बनेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय