रौतहटमा खेतको विवादपछि सामूहिक आक्रमण, एक पक्राउ

spot_img

रौतहट,२७ माघ । रौतहटको देवाही गोनाही नगरपालिका–५ टीकुलियामा खेतमा घाँस काट्ने विषयलाई लिएर भएको विवाद उग्र बन्दा तीन जना महिला गम्भीर घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सामूहिक आक्रमणमा स्थानीय महेश तिवारीकी २५ वर्षीया छोरी अस्मिता तिवारी, १५ वर्षीया सुस्मिता तिवारी तथा छिमेकी ४० वर्षीया अनतिया बिन घाइते भएका हुन्। घाइतेहरूलाई सोमबार राति नै एम्बुलेन्समार्फत बारा, कलैयास्थित ए–प्लस अस्पतालमा उपचारका लागि लगिएको थियो। अस्पताल स्रोतका अनुसार उनीहरूको आईसीयूमा उपचार भइरहेको छ र अवस्था सुधारोन्मुख रहेको जनाइएको छ।

घटनामा संलग्न रहेको आरोपमा स्थानीय शम्भु राय यादवलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक विवरणअनुसार महेश तिवारीको तोरीबारीमा घाँस काटिएको विषयलाई लिएर दुई पक्षबीच विवाद सुरु भएको थियो। सोही विवादपछि झगडा चर्किँदा कुटपिट भएको बताइएको छ। घाइतेमध्ये एक महिला झगडा छुट्याउन जाँदा उनीमाथि पनि आक्रमण भएको पीडित पक्षको भनाइ छ।

घटनापछि फरार रहेका अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय