काठमाडौं,०४ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाह लाई सर्वोच्च अदालतले अदालत अवहेलना मुद्दामा वारेसमार्फत उपस्थित हुने सुविधा दिएको छ।
सर्वोच्च अदालत का न्यायाधीश हरि फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले शुक्रबार यस्तो आदेश दिएको हो।
अदालतको निर्णयसँगै अब उक्त मुद्दामा तारेखका दिन प्रधानमन्त्री शाह स्वयं अदालत उपस्थित हुनुपर्ने छैन। उनको सट्टामा वारेस (प्रतिनिधि) ले अदालतमा हाजिर भएर प्रक्रिया पूरा गर्न सक्नेछन्।
यो सुविधा प्रधानमन्त्री शाहलाई पहिलोपटक दिइएको हो, जसले उनको व्यस्त कार्यतालिकालाई ध्यानमा राख्दै अदालतले केही सहजता दिएको रूपमा हेरिएको छ।

