spot_img

पर्सा–२ का उम्मेदवार मनोज चौधरी को हुन् ?

spot_img
spot_img

बीरगन्ज,०९ फागुन । नेपाली कम्युनिष्ट पार्टी ले पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोजकुमार चौधरी लाई उम्मेदवार बनाएको छ। ४६ वर्षीय चौधरी बीरगन्ज महानगरपालिका–अलौका क्षेत्रका स्थानीय बासिन्दा हुन्।

त्रिभुवन विश्वविद्यालय बाट स्नातकोत्तर गरेका चौधरी विद्यार्थी जीवनदेखि नै राजनीति र सामाजिक सेवामा सक्रिय रहँदै आएका छन्। स्थानीय तहमा लाभको पद नलिई संगठन निर्माण र जनसेवामा समर्पित नेताका रूपमा उनको परिचय रहेको छ।

नेकपा गठन हुनुअघि उनी नेकपा एकीकृत समाजवादी का केन्द्रीय सदस्य थिए र सहसंयोजक माधवकुमार नेपाल निकट रहेर पार्टी गतिविधिमा योगदान दिएका थिए। यसका साथै चौधरीसँग वीरगन्ज महानगरपालिकाको अध्यक्ष तथा मधेस प्रदेश सचिवालय सदस्यको जिम्मेवारी सम्हालेको अनुभव पनि छ, जसले उनलाई अनुभवी र संगठन निर्माणमा सक्षम नेताका रूपमा स्थापित गरेको छ।

पर्सा–२ मा गत प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस का अजयकुमार चौरसिया विजयी भएका थिए। त्यसबेला कांग्रेस र माओवादीबीचको गठबन्धनका कारण चौधरीका लागि प्रतिस्पर्धा चुनौतीपूर्ण बनेको थियो। यसपटक भने चौधरी नेकपाको तर्फबाट एक्लै चुनावी मैदानमा उत्रिएका छन्। उनले पर्सा–२ मा पार्टीको नयाँ पहिचान स्थापित गर्दै मतदाताको विश्वास जित्ने लक्ष्य लिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय