बीरगन्ज,१० फागुन । प्रगतिशील लोकतान्त्रिक पार्टीले पर्सा क्षेत्र–२ मा अमिताभ बच्चन दास तत्मालाई प्रत्यक्ष निर्वाचनको मैदानमा उतारेको छ। ४३ वर्षीय बच्चन वीरगन्जका स्थानीय हुन् । उनले ठाकुरराम बहुमुखी क्याम्पसबाट स्नातकोत्तर गरेका छन्।
बच्चन समाजसेवामा सक्रिय छन् र तत्कालीन माओवादी केन्द्रका पर्सा–२ का प्रभावशाली युवा नेताका रूपमा परिचित थिए। माओवादी केन्द्र र नेकपा समाजवादीबीचको एकतापछि उनले पार्टीसँग अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) रोजेका हुन्। पार्टीको स्थापना र निर्णयमा जनार्दन शर्मा र डा. बाबुराम भट्टराईको पहलमा उनलाई टिकट प्रदान गरिएको हो।
उनले पर्सामा युवा नेता र स्थानीय प्रभावशाली कार्यकर्ताको छवि बनाएका छन्।

