spot_img

निर्वाचनका दिन अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक

spot_img
spot_img

काठमाडाै,१४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदानको दिन अत्यावश्यक सेवाबाहेकका सबै सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।

आयोगका अनुसार फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ ५ बजेसम्म सार्वजनिक तथा निजी दुवै प्रकारका सवारी साधन चलाउन पाइने छैन।

तर, एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारी साधन, साथै विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतमा प्रयोग हुने सवारी साधन भने निर्वाध रूपमा सञ्चालन गर्न पाइनेछ। अन्य सवारी साधन सञ्चालन गर्न भने आयोगबाट पूर्वस्वीकृत पास अनिवार्य गरिएको छ।

निर्वाचनको दिन शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्दै मतदान प्रक्रिया निर्विघ्न रूपमा सम्पन्न गर्न यस्तो व्यवस्था गरिएको आयोगले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय