काठमाडौं,२३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंह सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ मा अग्रस्थानमा देखिएका छन्।
पछिल्लो मतगणना परिणाम अनुसार सिंहले नेपाली कांग्रेस का सभापति गगनकुमार थापा सँगको मतान्तर बढाउँदै ६ हजारभन्दा बढी पुर्याएका छन्।
बिहान करिब साढे ९ बजेसम्मको मतपरिणाम अनुसार सिंहले १४ हजार ४३४ मत प्राप्त गरेका छन् भने थापाको पक्षमा ८ हजार ४६२ मत गणना भएको छ। यसअनुसार सिंह र थापाबीचको मतान्तर ६ हजार २ मत पुगेको छ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार अमनिश यादव ले हालसम्म २ हजार २६१ मत प्राप्त गरेका छन्।
सर्लाही–४ मा जारी मतगणनामा सिंहले निरन्तर अग्रता बढाउँदै लगेपछि यस क्षेत्रको प्रतिस्पर्धा थप चासोको विषय बनेको छ।

