काठमाडौं,२३ फागुन । रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई २१ ह्जार ८०९ मत अन्तरले पछि पार्दै वाग्ले विजयी भएका हुन् ।
वाग्लेले ३८ हजार ४० मत पाउँदा भट्टराईले १६ हजार २३१ मत पाए ।
यसैगरी नेकपा एमालेका उम्मेदवार भगवती न्यौपानेले ५ हजार ८३० र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विद्यानाथ ढकालले २ हजार ३९३ मत पाए ।

