पूर्वमन्त्री चौरसियाले रास्वपाका कानुलाई बधाई, जनताको बीचमै रहिरहने प्रतिबद्धता व्यक्त

spot_img

बीरगन्ज,२३ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार सुशील कुमार कानु विजयी भए पछि पूर्वमन्त्री अजयकुमार चौरसियाले निर्वाचन नतिजालाई सहर्ष स्वीकार गरेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै चौरसियाले भने, “लोकतन्त्रमा जनताको मत नै सबैभन्दा ठूलो निर्णय हो। पर्सा–२ का आदरणीय मतदाताले दिएको जनादेशलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।”

उनले विजयी कानुलाई जितको बधाईसहित सफल कार्यकालको शुभकामना दिएको उल्लेख गरे। साथै, जनताले चाहेको परिवर्तन र अपेक्षा पूरा होस् भन्ने कामना व्यक्त गर्दै निर्वाचनमा माया, विश्वास र साथ दिने सम्पूर्ण मतदाता, नेपाली कांग्रेसका नेता–कार्यकर्ता र शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गरे।

चौरसियाले जीत–हार राजनीति को स्वाभाविक भाग भएको भन्दै जनतासँगको सम्बन्ध कहिल्यै नटुट्ने स्पष्ट पारे। उनले लेखे, “म पहिले पनि हारेर यही जनताको बीचमा थिएँ, आज पनि यहीँ छु, र भोलि पनि यही जनताको साथमै रहनेछु।”

पूर्वमन्त्री चौरसियाले पर्सा–२ का जनताको अधिकार, विकास र भविष्यका विषयमा आफ्नो आवाज र प्रयास निरन्तर रहने प्रतिबद्धता पनि व्यक्त गरे।

spot_img

ताजा अपडेट

लोकप्रिय