काठमाडौं, २४ फागुन । प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १० लाख मत कटाएको छ। हालसम्म करिब २० लाख मत गणना हुँदा रास्वपाले सबैभन्दा धेरै मत प्राप्त गर्दै स्पष्ट अग्रता बनाएको छ।
निर्वाचन आयोगका अनुसार हालसम्म १९ लाख ७९ हजार १८१ मत गणना भएको छ। जसमध्ये रास्वपाले १० लाख १६ हजार ६७७ मत प्राप्त गरेको छ।
अन्य दलतर्फ नेपाली कांग्रेसले ३ लाख ३७ हजार ७३२ मत पाएको छ भने नेकपा एमालेले २ लाख ६९ हजार ७० मत प्राप्त गरेको छ। नेकपाले १ लाख १८ हजार ९२० मत पाएको छ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ७३ हजार १८१ मत पाएको छ। श्रम संस्कृति पार्टीले ४२ हजार ७८७ मत प्राप्त गर्दा राष्ट्रिय परिवर्तन पार्टीले २३ हजार ६२४ मत पाएको छ।
यसैगरी जनता समाजवादी पार्टी नेपालले १३ हजार ६८९, नेपाल मजदुर किसान पार्टीले ९ हजार ७५८, राष्ट्रिय मुक्ति पार्टी नेपालले ९ हजार १२१, जनमत पार्टीले ८ हजार ६०३, नेपाली कम्युनिस्ट पार्टीले ५ हजार ८८४, राष्ट्रिय जनमोर्चाले ५ हजार ५५० र राष्ट्र निर्माण दल नेपालले ५ हजार ५२५ मत प्राप्त गरेका छन्।

