नेप्से २५ अंकले घट्यो

spot_img

काठमाडौँ,१६ वैशाख । लगातार दोस्रो दिन पनि सेयर बजारमा गिरावट आएको छ। बुधबार नेप्से परिसूचक २५.८१ अंकले घट्दै २७४४ अंकमा झरेको छ। अघिल्लो दिन पनि बजार २६ अंकले घटेको थियो।

आज कारोबार रकम पनि घटेर ४ अर्ब ९८ करोडमा सीमित भएको छ, जुन अघिल्लो दिनको ६ अर्ब ५३ करोडभन्दा कम हो। बजारमा ३० कम्पनीको मूल्य बढ्दा २३५ कम्पनीको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रह्यो।

समूहगत रूपमा व्यापार र विकास बैंक समूह मात्रै हरियो देखिए पनि अधिकांश क्षेत्र घटे। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै २.२४ प्रतिशतले घट्यो। त्यसैगरी बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, बीमा, माइक्रोफाइनान्सलगायत सबै प्रमुख समूहमा गिरावट देखियो।

बजारमा व्यक्तिगत कम्पनीतर्फ कर्पोरेट डेभलपमेन्ट बैंक को मूल्य सबैभन्दा धेरै १३.८१ प्रतिशतले बढ्यो। त्यस्तै केही लघुवित्त र हाइड्रोपावर कम्पनीहरूको मूल्य पनि सामान्य रूपमा बढेको देखियो।

तर शिखर पावर को सेयर मूल्य सबैभन्दा धेरै ९.९२ प्रतिशतले घट्यो। पाल्पा सिमेन्ट र अन्य जलविद्युत कम्पनीहरूमा पनि उल्लेख्य गिरावट देखिएको छ।

आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, पाल्पा सिमेन्ट, कर्पोरेट डेभलपमेन्ट बैंक, सोलु हाइड्रोपावर र नेसनल हाइड्रोपावर रहेका छन्।

बजार विश्लेषकहरूका अनुसार लगातारको गिरावटले लगानीकर्तामा सतर्कता बढाएको छ र कारोबार रकम घट्नुले बजारमा अनिश्चितता अझै कायम रहेको संकेत गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय