रौतहट–२ मा कांग्रेसका फिरदोश आलम विजयी

spot_img

रौतहट,२४ फागुन । रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार मो. फिरदोश आलम प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। पूर्वमन्त्री तथा विवादित स्वर्गीय अफताव आलमका छोरा फिरदोशले २९ हजार ५२८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार किरणकुमार साहलाई ११ हजार ८६ मतान्तरले पराजित गरेका छन्। साहले १८ हजार ४४२ मत प्राप्त गरेका छन्।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शेख सगिरले ९ हजार ३२५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्। जनता समाजवादी पार्टी, नेपालका रामअशिष राय यादवले २ हजार ९६० मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार मोहम्मद अतिउल्लाहले २ हजार ३८२ मत पाएका छन्।

आम जनता पार्टीका उम्मेदवार श्रीभगवान राउत कुर्मीले १ हजार ८२५ मत प्राप्त गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय