बीरगन्ज,२४ फागुन । नेपाली बजारमा आज आइतबार) सुनको मूल्य बढेको छ । आज सुनको मूल्य ३५ सय रुपैयाँले बढेर प्रतितोला तीन लाख १६ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि कारोबार दिन शुक्रबार तोलाको तीन लाख १३ हजार ४ सय रुपैयाँ कायम भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको आज चाँदी ३० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ४ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

