सुनसरी-१ मा हर्क साम्पाङ विजयी

spot_img

काठमाडौं,२४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। परिणाम अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङ भारी मतान्तरसहित विजयी भएका छन्।

साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धीहरूलाई उल्लेख्य अन्तरले पछि पार्दै ऐतिहासिक जीत दर्ता गराएका हुन्।

निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार गोमा तामाङ २७ हजार २४९ मतसहित दोस्रो स्थानमा रहिन्।

यसैगरी नेकपा (एमाले)का उम्मेदवार टीकाराम लिम्बुले ६ हजार ४६३ मत प्राप्त गर्दा नेपाल कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराई ६ हजार १८५ मतमा सीमित भए।

नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले भने ३ हजार ९७० मत मात्र प्राप्त गर्दै प्रतिस्पर्धामा निकै पछि परेका छन्।

यस परिणामसँगै सुनसरी–१ मा स्वतन्त्र छविका नेता साम्पाङले प्रभावशाली जीत हासिल गर्दै राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय