काठमाडौंको वायु प्रदूषण बढ्दो

spot_img

काठमाडौं,२४ फागुन । पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। लामो समयसम्म वर्षा नहुनु र हावा नचल्दा मौसम धुम्मिन थालेपछि प्रदूषणको स्तर बढेको हो।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वर्षा अभाव र हावाको अभावका कारण उपत्यकामा धुलो तथा धुवाँ जमेर वायु प्रदूषण बढेको हो।
उनले भने, “लामो समयदेखि वर्षा भएको छैन र हावा पनि चलेको छैन, त्यसैले केही दिनयता मौसम धुम्मिएको छ।” उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष प्रदूषण केही कम भए पनि वन डढेलो नलागेसम्म अत्यधिक रूपमा बढ्ने सम्भावना कम रहेको छ।

एयर क्वालिटी इन्डेक्स (AQI) अनुसार आइतबार मध्याह्नसम्म काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचकांक १८६ पुगेको छ। यस स्तरसँगै काठमाडौं विश्वका चौथो सबैभन्दा प्रदूषित सहरमध्येमा परेको वातावरणविद् भूषण तुलाधारले जानकारी दिए।

तुलाधारका अनुसार प्रदूषण नियन्त्रणका लागि समयमै प्रभावकारी कदम चाल्न आवश्यक छ। घरबाट निस्कने फोहरको उचित व्यवस्थापन, वन डढेलो नियन्त्रण, सवारीसाधनको नियमित धुँवा परीक्षण तथा मापदण्डको कडाइका साथ कार्यान्वयन गर्न सके प्रदूषण घटाउन मद्दत पुग्ने उनको भनाइ छ।

spot_img

ताजा अपडेट

लोकप्रिय