पर्सा–२ मा समानुपातिकतर्फ पनि रास्वपा नै बन्यो पहिलो दल

spot_img

बीरगन्ज,२४ फागुन । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ।

आइतबार अपराह्न सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपाले ३४ हजार ९१८ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। यसअघि सोही क्षेत्रमा प्रत्यक्षतर्फ पनि रास्वपाका उम्मेदवार सुशील कुमार कानु ३० हजार ७४० मतसहित विजयी भएका थिए।

समानुपातिकतर्फ नेपाली कांग्रेस १० हजार ३४० मतसहित दोस्रो स्थानमा रहेको छ भने नेकपा (एमाले) ८ हजार ५८५ मतसहित तेस्रो स्थानमा रहेको छ। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ हजार ५०६ मत प्राप्त गर्दै चौथो स्थान हासिल गरेको छ भने जनता समाजवादी पार्टी (जसपा) नेपाल २ हजार ४५० मतसहित पाँचौँ स्थानमा रहेको छ।

पर्सा–२ मा कुल ९५ हजार १२० मतदाता रहेका थिए। फागुन २१ गते सम्पन्न मतदानमा समानुपातिकतर्फ ६७ हजार १०७ मत खसेको थियो। मतगणनाका क्रममा ६३ हजार ९५९ मत सदर भएको थियो भने ३ हजार १४८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय