बीरगन्ज,२६ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ पर्साका चारवटै क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ पनि सबै क्षेत्रमा सबैभन्दा बढी मत प्राप्त गरेको छ।
मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीका अनुसार पर्सा क्षेत्र नम्बर १ मा कुल ६२ हजार ५०६ मत खसेकोमा रास्वपाले ३४ हजार ४६३ मत प्राप्त गरेको छ। सो क्षेत्रमा नेपाली कांग्रेसले आठ हजार २६७ मत, नेकपा (एमाले) ले नौ हजार २३१ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन हजार २४० मत, जनता समाजवादी पार्टीले एक हजार ९९ मत र नेपाल कम्युनिष्ट पार्टीले ६८१ मत पाएका छन्।
पर्सा क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ कुल ६७ हजार १०७ मत खसेकोमा रास्वपाले ३४ हजार ९१८ मत प्राप्त गर्दै अग्रता कायम गरेको छ। त्यहाँ नेपाली कांग्रेसले १० हजार ३४० मत, नेकपा (एमाले) ले आठ हजार ५८५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन हजार ५०६ मत र जनता समाजवादी पार्टी नेपालले दुई हजार ४५० मत प्राप्त गरेका छन्।
त्यसैगरी पर्सा क्षेत्र नम्बर ३ मा रास्वपाले २४ हजार १५८ मत पाएको छ। सो क्षेत्रमा नेपाली कांग्रेसले आठ हजार ६५० मत, नेकपा (एमाले) ले छ हजार १६८ मत र नेपाल कम्युनिष्ट पार्टीले एक हजार १९५ मत प्राप्त गरेका छन्।
पर्सा क्षेत्र नम्बर ४ मा पनि समानुपातिकतर्फ रास्वपाले ३० हजार ३८९ मत प्राप्त गरेको छ। सो क्षेत्रमा नेपाली कांग्रेसले ११ हजार ५१२ मत र नेकपा (एमाले) ले नौ हजार ९३५ मत प्राप्त गरेका छन्।

