फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखरा मेयरको आग्रह

spot_img

वीरगन्ज,२७ फागुन । पोखराका मेयर धनराज आचार्यले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महावीर पुनलाई सडक वा फुटपाथमा पुस्तक बिक्री नगरी व्यवस्थित माध्यमबाट बिक्री–वितरण गर्न आग्रह गरेका छन्।

मेयर आचार्यले सार्वजनिक ध्यानाकर्षण जारी गर्दै बिना दर्ता वा आवश्यक अनुमति कुनै पनि वस्तु बिक्री–वितरण गर्दा कानुनी जटिलता आउन सक्ने बताएका छन्। पछिल्ला दिनहरूमा सडक किनारामा उभिएर पुस्तक बिक्री गर्दा यातायातमा असहजता भएको र विभिन्न किसिमका प्रश्न–जवाफसमेत उठेको उनले उल्लेख गरे। उनका अनुसार यस्तो अवस्था पुनजस्तो सम्मानित व्यक्तित्वका लागि उपयुक्त नदेखिने बताए।

यद्यपि, आचार्यले महावीर पुनले देशभरि घुमेर पुस्तक बिक्री गर्दै अनुसन्धान तथा नवप्रवर्तनका लागि जनसमर्थन जुटाउने अभियानलाई प्रशंसनीय भन्दै त्यसप्रति सम्मान व्यक्त गरेका छन्। उनले पुनको देश र समाजप्रतिको समर्पण, सादगी र उद्देश्यप्रति सबैले उच्च सम्मान गर्ने बताए।

मेयर आचार्यले पुन पोखरा आउँदा पुस्तक व्यवसायी महासंघमार्फत उपयुक्त स्थान उपलब्ध गराई व्यवस्थित रूपमा पुस्तक बिक्री–वितरण गर्न सहयोग गर्न सकिने प्रस्ताव पनि गरेका छन्। साथै, पुनले पुस्तकको स्टक उपलब्ध गराए महासंघमार्फत बिक्री गरेर उचित भुक्तानी उपलब्ध गराउन सकिने पनि उनले जानकारी दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय