spot_img

कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको एमाले महासचिव पोखरेलको दाबी

spot_img
spot_img

काठमाडौँ,१२ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेल ले जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोग निष्पक्ष छानबिनका लागि नभएको बताएका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै महासचिव पोखरेलले आयोगको प्रतिवेदनले नै यस तथ्यलाई पुष्टि गरेको बताएका छन्। उनले भने, “कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको छ। यस आयोग र आम निर्वाचन ०८२ को ‘अल्गोरिदम’ मार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानुनी वैधानिकता दिने प्रयास भएको स्पष्ट छ।”

पोखरेलले आयोग र निर्वाचनको प्रक्रियाले समाजमा लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट नयाँ शक्तिको उदय भएको दाबी पनि गरेका छन्। उनले भने, “अबको बाटो सजिलो हुने छैन, राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्नेछ। तथापि, लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद वर्तमान चुनौतीहरूको समाधान होइन र दीर्घकालीन विचारधारात्मक राजनीतिक विकल्प पनि होइन।”

उनको टिप्पणीले आगामी राजनीतिक वातावरण र आयोगको प्रतिवेदनप्रति वर्तमान राजनीतिक दलहरूको दृष्टिकोणमा नयाँ बहसको ढोका खोल्ने देखिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय