spot_img

राप्रपा सांसद शाहीले सरकारको सकारात्मक कदममा सहयोग गर्ने

spot_img
spot_img

काठमाडौं, १२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले अगाडि बढाउने सकारात्मक काममा आफ्नो पार्टीले सहयोग गर्ने स्पष्ट पारेका छन्। शपथ ग्रहणका लागि सिंहदरबार पुगेका शाहीले संसदमार्फतै जनताको समस्याको समाधान हुनु पर्नेमा जोड दिएका छन्।

सांसद शाहीले भने, “पहिलाजस्तो मन्त्रीको गेटमा जान नपरोस्, संसदबाटै जनताको समस्याको समाधान होस्। अहिले हामी सकारात्मक र राम्रा काममा सहयोग गरेरै अगाडि बढ्छौँ।”

उहाँले राप्रपा सदैव राष्ट्रको हितमा हुने कामको पक्षमा उभिने र देशको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

शाहीको यो अभिव्यक्तिले नयाँ सरकारको कामकाजमा विपक्षी दल नभइ, सहमति र सहयोगका माध्यमबाट अघि बढ्ने संकेत दिएको ठानिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय